पोखरा ।
मनिपाल शिक्षण अस्पतालले पोखरा–२८ कालिकामा निःशूल्क आँखा तथा दन्तको एक दिने शिविर सञ्चालन गरेको छ । रोटरी क्लव अफ लेखनाथको सहकार्यमा भएको कार्यक्रममा ७ सय ५३ जनाले स्वास्थ्य लाभ लिएका छन् । आँखाका ४ सय ३७ र दन्तका ३ सय १६ गरि कूल ७ सय ५३ जनाले स्वास्थ्य लाभ लिएका हुन्।

स्वास्थ्य परिक्षण गर्न आएका अधिकांश स्थानियहरूले शिविरले आँखाको दीर्घकालीन समस्या हुनबाट जोगाएको बताए । जटिल समस्या आउनु भन्दा पहिले नै परिक्षण गराउन पाउदाँ आर्थिक र शारिरिक क्षति कम हुने स्थानियको भनाइ थियो ।

शुक्रबार भएकाे कार्यक्रममा स्वास्थ्य परिक्षण गर्ने आउने विरामीलाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका विरामीहरुमा जटिल समस्या देखिएमा शिविरको विरामी पूर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त विरामीलाई छुट ब्यवस्था गरेको अस्पतालले जनाएको छ ।

SOURCE: https://www.tandavnews.com/2023/03/90998