बतास अर्गनाइजेसन दक्षिण एसियामै उत्कृष्ट डिलर
बतास अर्गनाइजेसनले भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडको उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको छ । सबैभन्दा धेरै परिमाणमा गाडीहरु बिक्री गर्न सफल हुँदै अर्गनाइजेसनले उक्त अवार्ड जितेको हो ।
इष्टर्न एजेन्सी प्रा.लि. आइसरको अधिकृत बिक्रेता रहेको बतास अर्गनाइजेसनले दक्षिण एसियाका डिलरहरुमध्ये हेभी ड्युटी ट्रक सेग्मेन्टका गाडीहरु गत वर्ष सर्वाधिक बिक्री गर्दै उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको हो ।
बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिजद्व शीर्षकको अवार्डसमेत प्राप्त गरेको छ ।
भर्चुअल प्रविधिको माध्यमबाट बिहीबार कम्पनीले आयोजना गरेको कार्यक्रममा बतास अर्गनाइजेसनलाई उक्त अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड प्राप्त गर्नुको मुख्य श्रेय ग्राहकको माया रहेको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास बताउँछन् । इस्टर्न मोटर्समार्फत आइसरलाई नेपाली बजारमा स्थापित गर्न सहयोग गर्ने सबै कर्मचारी, शुभेच्छुक तथा सहयात्री प्रति अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आभार व्यक्त गरेका छन् ।
Related Posts
Categories
- BATAS (18)
- BATAS Pokhara (2)
- Car Battery (2)
- Caterpillar (1)
- engine oil (2)
- fuel efficiency (1)
- Globatt (2)
- lubricants (2)
- mahindra (1)
- Mahindra Scorpio (1)
- Maruti Suzuki (3)
- Petronas (2)
- Pokhara Manipal (2)
- Tips & tricks (1)
- Trithunga Trading (6)
- Uncategorized (1)