पोखरा।
मनिपाल शिक्षण अस्पताल र जय मनकामना बचत तथा ऋण सहकारी संस्था बिच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परिक्षण योजना’मा अस्पताल र सहकारी बिच सहमति भएको हो ।

मणिपाल शिक्षण अस्पताल पोखरा र सहकारीको बिच स्वास्थ्य सेवा सुबिधा सम्बन्धी सहमती भएसँगै सहकारीमा आबद्द सदस्यहरुले सो सुविधा पाउने भएका हुन् ।

मणिपाल शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र सहकारीको तर्फबाट अध्यक्ष नविन भण्डारी बिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा हस्ताक्षर भए अनुसार सहकारीका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन।

Source: https://www.tandavnews.com/2023/02/90171