गत आर्थिक वर्षमा बतास इन्भेष्टमेन्ट कम्पनीले सबैभन्दा बढी आयकर तिरेको छ । कम्पनीले आन्तरिक राजस्व कार्यालय कास्कीमा सबैभन्दा धेरै आयकर बुझाएको हो ।

सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै कर कार्यालय कास्कीले बतास इन्भेष्टमेन्ट कम्पनीलाई सम्मान गर्ने भएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर कर कार्यालयले कम्पनीलाई सम्मान गर्न लागेको हो । धेरै कर तिर्ने करदातालाई आन्तरिक राजस्व विभाग र सम्बन्धित कर कार्यालयहरुले सम्मान गर्दै आएका छन् ।

Source: https://shilapatra.com/detail/15018?fbclid=IwAR0dRDl-FkBMwlorQeZmxUW1hcmszfoug0CO-GjVUA-uN_fDUJSSfTEHRaw